कान्छो बिमा कम्पनी महालक्ष्मी लाइफ दोस्रो वर्षमा प्रवेश, एक वर्षमै ५६ करोड बीमाशुल्क संकलन


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कान्छो बिमा कम्पनी महालक्ष्मी लाइफ दोस्रो वर्षमा प्रवेश, एक वर्षमै ५६ करोड बीमाशुल्क संकलन

काठमाण्डौ । नेपालको कान्छो बीमा कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कार्यसञ्चालनको एक वर्षमै ५६ करोड बीमा शुल्क संकलन गर्न सफल भएको छ। २०७५ माघ २७ गतेबाट जीवन बीमा कारोबार प्रारम्भ गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्स कार्य सञ्चालनको एक वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ। नेपालको बीमा बजारमा ४० औँ र जीवन बीमा कम्पनीहरुमा १९ औँ कम्पनीका रुपमा कारोबार सञ्चालन गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्स सबैभन्दा कान्छो बीमा कम्पनी हो।  कम्पनीले एक वर्षको छोटो अवधिमा ३८ जिल्लामा ६० वटा शाखा र उपशाखा सञ्चालन गरिसकेको छ। त्यसैगरी ६० जिल्लामा अभिकर्ता तालिम संचालन गरी बीमा समितिबाट इजाजत लिएर ७,३२३ अभिकर्ताहरु यस कम्पनीमा कार्यरत रहेका छन्। 

Read More
  • MBL - below news