एनएमबि बैंकले फेरि अर्को बैंक प्राप्ति गर्दै


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनएमबि बैंकले फेरि अर्को बैंक प्राप्ति गर्दै

काठमाडौं ।एनएमबि बैंकले अर्को विकास बैंकलाई प्राप्ति गर्ने भएको छ । विगत २५ बर्ष देखि बैंकिङ्ग कारोवार गरिरहेको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको बैंकिङ्ग कारोबार गर्न इजाजतपत्र प्राप्त एनएमबि बैंक लि. ले विगत १० बर्ष देखि बैंकिङ्ग कारोवार गर्दै आइरहेको कञ्चनपुर जिल्ला, महेन्द्रनगर स्थित मुख्य कार्यालय रहेको नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको बैंकिङ्ग कारोबार गर्न इजाजतपत्र प्राप्त कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्तिका लागि आइतबार सम्झौता भएको छ । 

कञ्चन डेभलपमेन्ट बैंकको प्राप्तिले राष्ट्रको प्रादेशिक संरचनामा एनएमबि बैंकको सन्तुलित वित्तीय पहँुचको मार्गचित्र कोर्न नयाँ आयाम थपिएको छ जसबाट ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्य रहेको छ ।

एनएमबि बैंक नेपालको बैंकिङ्ग क्षेत्रमा सफल बैंकको रुपमा पहिचान बनाएको तथा लगातार दुई पटक बैंक अफ दि ईयरले सम्मानित भई ग्राहकहरुलाई प्रभावकारी सेवा दिदै आएको “क” वर्गको बैंक हो भने कञ्चन डेभलपमेन्ट बैंक हालसम्म सक्षम संस्थाको रुपमा सुदूर पश्चिमका सर्वसाधारणहरुलाई प्रभावकारी सेवा प्रदान गर्दै आएको राष्ट्रिय स्तरको “ख” वर्गको बैंक हो । 

...

Read More
  • MBL - below news