राष्ट्रिय वाणिज्य बैंकको सिइओ किरन कुमार श्रेष्ठको तलव भन्दा ४ गुणाबढी भत्ता


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
राष्ट्रिय वाणिज्य बैंकको सिइओ किरन कुमार श्रेष्ठको तलव भन्दा ४ गुणाबढी भत्ता

अर्थ संसार, काठमाडौं- राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) ले तलव भन्दा ४ गुणा बढी भत्ता बुझेका छन् ।

बैंकको वार्षिक प्रतिवेदन अनुसार बैंकले आर्थिक वर्ष २०७५/७६ मा प्रमुख कार्यकारी अधिकृतले तवल ६ लाख रुपैयाँ बुझेका छन् । तर, भत्ता भने २५ लाख २० रुपैयाँ लिएका छन् । बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा किरन कुमार श्रेष्ठ रहेका छन् ।

बैंकले तलव/भत्ता बाहेक प्रमुक कार्यकारी अधिकृतलाई दशैं भत्ता उपहार २ लाख ६० हजार रुपैयाँ, बोनस १ लाख ५० हजार रुपैयाँ, अन्यमा १ लाख ५० हजार रुपैयाँ र ४ लाख ५ हजार ४ सय ५ रुपैयाँ गरी कुल ४० लाख ६५ हजार ४ सय ५ रुपैयाँ खर्च गरेको छ ।

त्यसै गरी बैंकले कर्मचारी संचालन खर्चमा ३ अर्ब ९ करोड ११ लाख ५४ हजार ४६ रुपैयाँ र कार्यालय  संचालन खर्चमा १ अर्ब १३ करोड १७ लाख ४४ हजार २०८ रुपैयाँ खर्च गरेको छ ।

...

Read More
  • MBL - below news