५० प्रतिशत सस्तोमा सेवा दिन्छु भन्दा पनि सरकारले रोक्यो, २० अर्ब रूपैयाँ अग्रिम भुक्तानी मागियो: सीजी टेल


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
५० प्रतिशत सस्तोमा सेवा दिन्छु भन्दा पनि सरकारले रोक्यो, २० अर्ब रूपैयाँ अग्रिम भुक्तानी मागियो: सीजी टेल

काठमाडौं । नेपाल सरकार, दुरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेशन सेवा सञ्चालन अनुमतिका लागि अव्यवहारिक तथा गैरकानुनी रुपमा आफुलाई रोकेको सीजी कम्युनिकेसन्स प्रालिले आरोप लगाएको छ । आइतबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै सीजी टेलिकम्युनिकेसन्सले सबै नीति, नियम र प्रक्रिया मिलाएर जाँदा समेत आफुलाई सरकारबाट रोक्ने काम भएको आरोप लगाएको हो ।

पत्रकार सम्मेलनमार्फत सीजीले सबै विधि र प्रक्रिया पुरा गरेर लाइसेन्सको माग गर्दा समेत उल्टै सरकारबाट २० अर्ब अग्रिम भुक्तानी माग गरेको बताएको छ ।  गत माघ २३ गते मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सीजीले २० अर्ब तिरे यूनिफाइड लाइसेन्स पाउँछ भनेकोप्रति आक्रोश व्यक्त गर्दै कम्पनीले मन्त्रीको सो अभिव्यक्तिप्रति आफुहरुको ध्यानाकर्षण भएको जनाएको छ ।

टेलिकम्युनिकेशन सेवा सञ्चालनका लागि तीन वर्षदेखि प्रक्रियागत रुपमा कम्पनीले कूल ४४ करोड ९५ लाख रुपैयाँ प्राधिकरणलाई बुझाइसकेको र लाइसेन्स पाउने बेलामा एकैपटक २० अर्बको भुक्तानी चाहिन्छ भन्नु गलत र नियतबस सीजीलाई रोक्ने काम भएको सीजी कम्युनिकेशनको आरोप छ । 

...

Read More