सूचना प्रविधिसम्बन्धी नवीनतम प्रविधिलाई जोड दिएका छौं


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सूचना प्रविधिसम्बन्धी नवीनतम प्रविधिलाई जोड दिएका छौं

आगामी २ फागुनदेखि राजधानीको भृकुटीमण्डपमा आयोजना हुने सूचना प्रविधिसम्बन्धी प्रदर्शनी ‘क्यान इन्फोटेक–२०२०’को तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक संस्था कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले अहिले यस प्रदर्शनीको तयारी करिब अन्तिम चरणमा पुगेको जनाएको छ । आगामी ७ फागुनसम्म सञ्चालन हुने प्रदर्शनीमा नवीन प्राविधिक सोच (इनोभेसन) तथा स्टार्टअपलाई प्राथमिकता दिइने महासंघले जनाएको छ । यस वर्ष काठमाडांै उपत्यकाबाहिरका इटहरी, वीरगन्जमा र बुटवलमा पनि यस्तो प्रदर्शनी भइसकेको छ भने चितवन, पोखरा, नेपालगन्ज, धनगढी र सुर्खेतमा समेत आयोजना गर्ने महासंघले जनाएको छ । हरेक वर्ष सञ्चालन हुँदै आएको प्रदर्शनीको यो २६औं संस्करण हो । प्रदर्शनीमा सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जनसम्बन्धी कला तथा उपकरणहरू प्रदर्शन गरिनेछ ।

प्रदर्शनीको मुख्य आकर्षणका रूपमा इनोभेसन एक्स्पोजर रहनेछ । यसअन्तर्गत स्टार्टअप र इनोभेसनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्नो नयाँ उत्पादन र आइडियाको प्रदर्शन गर्नेछन् । यसैगरी, ‘क्यान इन्फोटेक–२०२०’ मा विभिन्न अन्तर्राष्ट्रिय मोबाइल कम्पनीले आफ्ना ब्रान्ड तथा उत्पादनको प्रदर्शनी गर्दै आकर्षक छुटमा बिक्री गर्नेछन् । प्रदर्शनीमा सहभागी हुने अवलोकनकर्ताले प्रभु पेबाटै प्रवेश टिकट खरिद सक्ने तथा प्रदर्शनी स्थलमा किओस्क मेसिनबाट टिकट दिने व्यवस्था मिलाइएको छ ।

क्यान महासंघका अध्यक्ष नवराज कुँवरले यस प्रदर्शनीका लागि अहिलेसम्म ९५ प्रतिशतभन्दा बढी स्टल बुकिङ भइसकेको बताएका छन् । गत ७ मंसिरमा सम्पन्न क्यान महासंघको २६औं वार्षिक साधारण सभा एवं १३औं कार्यसमितिको निर्वाचनबाट अध्यक्षमा विजयी भएका कुँवरले यो प्रदर्शनी यसअघिका प्रदर्शनीभन्दा थप व्यवस्थित हुने दाबी गरेका छन् । विगत २५ वर्षदेखि क्यानमा आबद्ध कुँवरले उपत्यका बाहिर क्यानलाई फैलाउन महŒवपूर्ण भूमिका खेलेका छन् । लामो समयदेखि विभिन्न पद र जिम्मेवारीमा रहेर क्यानमा काम गरिसकेका कुवँरले केन्द्रीय कार्यसमितिमा पर्यवेक्षक सदस्य हुँदै संघको केन्द्रीय समिति सदस्य, प्रथम उपाध्यक्ष र महासंघमा यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् । २०५२ सालदेखि क्यानको सदस्य रहेका कुँवरले २०५७ सालमा लुम्बिनी अञ्चलका सूचनाप्रविधि व्यवसायीलाई संगठित गरी आफ्नो अध्यक्षतामा क्यान लुम्बिनी संस्था गठन गरी क्यानको पहिलो शाखाको रूपमा सदस्यता दिलाएका थिए । उनी विगत डेढ दशकदेखि क्यानको केन्द्रीय समितिमा रहेर कामको अनुभव सँगालेका सबैभन्दा पुरानो व्यवसायी हुन् । आगामी ‘क्यान इन्फोटेक–२०२०’ को तयारी र क्यान महासंघको भावी योजनाबारे महासंघका अध्यक्ष कुवँरसँग राजधानीका लागि मधुजंग पाण्डेले गरेको कुराकानीको सारसंक्षेप :

नवराज कुँवर
अध्यक्ष, कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ

सूचना प्रविधिसम्बन्धी प्रदर्शनी ‘क्यान इन्फोटेक–२०२०’ को तयारी कस्तो छ ?

क्यान महासंघको यस वर्ष काठमाडांैमा हुने प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ । यस प्रदर्शनीको लागि अहिलेसम्म करिब ९० प्रतिशत काम सकिएको अवस्था छ । अहिले यस प्रदर्शनीमा सहभागी हुनेहरूका लागि स्टल बुकिङको काम पनि करिब अन्तिम चरणमा पुगेको छ ।

विगतका प्रदर्शनीभन्दा यस प्रदर्शनीमा केके फरक छन् ?

यस प्रदर्शनीको मुख्य आकर्षणका रूपमा इनोभेसन एक्स्पोजर रहेको छ । यसअन्तर्गत स्टार्टअप र इनोभेसनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्नो नयाँ उत्पादन र आइडियाको प्रदर्शन गर्नेछन् । यसैगरी, गेमिङ जोन, रोबोटिक प्रतियोगिता रहेको छ । प्रदर्शनीकै अवसरमा गेमिङ पार्टनर ओसियनले क्यान महासंघसँग मिलेर ई–स्पोटर््स च्याम्पियनसिप प्रतियोगिता आयोजना गर्नेछ । जसमा डोटा टु तथा सीएस गोजस्ता टिमवर्क आवश्यक पर्ने लोकप्रिय खेल खेलिनेछन् । दुवै प्रतियोगिता नकआउट शैलीमा खेलिनेछन् भने उत्कृष्ट आठ टिमले यस इन्फोटेकमा हुने प्रतिस्पर्धामा भाग लिन पाउनेछन् । यसैगरी, विजेताले प्रमाणपत्रसहित १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यसपालि हामीले क्यान इन्फोटेक–२०२० को प्रवेश टिकटलाई पनि पेपरलेस बनाएका छौं । प्रदर्शनी अवलोकनकर्ताले प्रभु पेबाटै सहज रूपमा प्रवेश टिकट खरिद गर्न सक्नेछन् भने प्रदर्शनीस्थलमा पनि किओस्क मेसिनबाट टिकट लिन सकिने व्यवस्था मिलाइएको छ । यसले प्रदर्शनी अवलोकन गर्न चाहने व्यक्तिले इन्फोटेक प्रदर्शनी प्रवेशमा लाग्ने समयको बचत गर्न सक्ने अपेक्षा गरिएको छ । इन्फोटेकमा विभिन्न अन्तर्राष्ट्रिय मोबाइल कम्पनीहरूले पनि आफ्ना ब्रान्ड तथा उत्पादनको प्रदर्शनी तथा आकर्षक छुटमा बिक्री गर्नेछन् । त्यसैले, यो प्रदर्शनी विगतका वर्षको भन्दा केही फरक हुने हाम्रो दाबी छ ।

यस प्रदर्शनीमा विशेषगरी केकस्ता सामग्रीलाई जोड दिइएको छ ?

अहिले हामीले यस प्रदर्शनीमा विशेषगरी सूचना प्रविधिसम्बन्धी नवीनतम प्रविधिलाई विशेष जोड दिएका छौं । यसैगरी, हाल बजारमा उपलब्ध सम्पूर्ण नवीनतम प्रविधिजन्य वस्तुहरूको सहभागिता रहनेछ । यस प्रदर्शनीमा मोबाइल, इन्टरनेट र टेलिकम्युनिकेसन कम्पनीले विशेष योजना प्रस्तुत गर्दै छन् ।

यो प्रदर्शनी कतिऔं संस्करण हो ?

अहिलेको यो प्रदर्शनी २६औं सस्करण हो । विगतका वर्षमा पनि क्यान महासंघले हरेक वर्ष काठमाडौं उपत्यकालगायत मुलुकभरका विभिन्न सहरमा यस्तो प्रदर्शनी गर्दै आएको छ ।

यस प्रदर्शनीमा कतिवटा स्टल रहनेछन् ?

अहिले हामीले यस प्रदर्शनीमा कुल १ सय ८१ वटा स्टल रहने व्यवस्था मिलाएका छौं ।

प्रदर्शनीको उद्घाटन कसरी हुँदै छ ?

...

Read More