मेगा बैंकले आवास तथा सवारी साधनका लागि नयाँ कर्जा योजना ल्याएको छ।
‘आफ्नो घर, आफ्नै गाडी, मेगा बैंकका साथमा बढाउनुस् पाइला अगाडि’ भन्ने नाराका साथ बैंकले ‘मेगा आवास तथा सवारी साधन कर्जा योजना’ ल्याएको हो।
नयाँ कर्जा योजनामा पहिलो घर खरिद गर्ने ग्राहकहरुलाई ७० प्रतिशतसम्मको फाइनान्सिङको व्यवस्था गरिएको छ।
यस्तै, आवास निर्माणका लागि अधिकतम एक सय प्रतिशतसम्म फाइनान्सिङ सुविधाको व्यवस्था गरिएको मेगा बैंकले बताएको छ।
कर्जाको भुक्तानी अवधि ३५ बर्षसम्म रहने यस कर्जा योजनामा ३ बर्षसम्म निश्चित ब्याजदरको व्यवस्था गरिएको छ।




.jpg)

