साइबर सेक्युरिटी सबै भन्दा ठुलो चुनौति : गभर्नर नेपाल


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
साइबर सेक्युरिटी सबै भन्दा ठुलो चुनौति : गभर्नर नेपाल

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले वित्तिय क्षेत्रमा साइबर सेक्युरिटी सबै भन्दा ठुलो चुनौतिपूर्ण विषय रहेको बताएका छन् । 

राष्ट्र बैंकले आयोजना गरेको ‘मौद्रिक नीतिको कार्यान्वयनको अवस्था र समसामयिक आर्थिक तथा वित्तीय अवस्था’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले पछिल्लो समय साइबर सेक्युरिटी चुनौतिका रुपमा देखा परेको बताएका हुन् । 

उनले देशको आर्थिक विकासको पहिलो आधार वित्तिय स्थायित्व भएकोमा जोड दिए । गभर्नर नेपालले वित्तिय स्थायित्वपछि मात्रै अर्थतन्त्रका अन्य आधारशिला तयार हुने बताए । देशको आर्थिक कृयाकलापलाई बढाउने चुनौति पनि वित्तिय क्षेत्रमाथि रहेको उनको भनाई थियो । 

कार्यक्रममा उद्योगी व्यवसायीहरुले पछिल्लो समय केन्द्रीय बैंकले लिएका नीतिहरुले निजी क्षेत्रमाथि नकारात्मक असर पारेको बताएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले राष्ट्र बैंकले पछिल्लो समय आवधिक कर्जा, घर कर्जा तथा हायरपर्चेज कर्जामा कर चुक्ताको ५० प्रतिशत किस्ता तिर्नुपर्ने व्यवस्था गरेपछि समस्या देखा परेको बताए । उनले ५० करोड रुपैयाँ माथिको कर्जामा क्रेडिट रेटिङ गर्ने व्यवस्थामा पनि सुधार गर्न सुुझाव दिए ।

...

Read More