६ महीनामा एक्सेल डेभलपमेण्ट बैंकको नाफामा २४ प्रतिशत वृद्धि


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
६ महीनामा एक्सेल डेभलपमेण्ट बैंकको नाफामा २४ प्रतिशत वृद्धि

माघ २२, काठमाडौं । चालू आवको छ महीनामा एक्सेल डेभलपमेण्ट बैंकको नाफामा २४ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सो अवधिमा रू. १० करोड २८ लाख नाफा कमाएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. ८ करोड २५ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीको चुक्तापूँजी रू. ६९ करोड २६ लाख छ । रिजर्भ कोषमा रू. २५ करोड ४७ लाख छुट्याएको हो । 

वितरणयोग्य नाफा रू. ४ करोड ७१ लाख छ । दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ८ अर्ब ७४ करोड निक्षेप संकलन भएको छ भने रू. ७ अर्ब ६६ करोड कर्जा प्रवाह भएको हो । प्रतिशेयर आम्दानी रू. २९ दशमलव ७१ (वार्षिक), मूल्य आम्दानी अनुपात १० दशमलव ९१ (वार्षिक), तरलता अनुपात २१ दशमलव २१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६७ दशमलव ६८ छ । 

Read More
  • MBL - below news