माछापुच्छ्रे बैंकले ल्यायो विदेशबाट पैसा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
माछापुच्छ्रे बैंकले ल्यायो विदेशबाट पैसा

माछापुच्छ्रे बैंकले दुवईस्थित माश्रिक बैंक बाट १० मिलियन अमेरिकी डलर नेपाल भित्र्याएको छ। नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्य पुँजी (तरलता) अभावको समस्यालाई मध्यनजर गर्दै उक्त रकम भित्राएको बैंकले बताएको छ।

यसअघि माश्रिक बैंकबाट नेपालमा रकम भित्र्याउन गरेको सम्झौता अनुरुप नेपाल राष्ट्र बैंकको स्वीकृतीपछि माछापुच्छ्रे बैंकले रकम भित्र्याएको हो।

नेपाल राष्ट्र बैंकले कुल प्राथमिक पूँजीको शतप्रतिशत रकम विदेशबाट ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने व्यवस्था गरेको छ।

यही व्यवस्थाअनुसार माछापुच्छ्रे बैंकले विदेशबाट पैसा ल्याउने प्रकृया थालेको थियो।

माछापुच्छ्रे बैंककाअनुसार त्यस रकम कृषि, ऊर्जा, पर्यटन, साना तथा मझौला व्यवसाय लगायतका अन्य विभिन्न प्राथमिकताका क्षेत्रमा लगानी गरिनेछ।

Read More
  • MBL - below news