'कर्जामा कडाइ भए बैंकको बिकल्प सहकारी बन्न सक्छ' एनएमबिका सीईओ केसीको विश्लेषण


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
'कर्जामा कडाइ भए बैंकको बिकल्प सहकारी बन्न सक्छ' एनएमबिका सीईओ केसीको विश्लेषण

बैंक वित्तीय सँस्थाको चुक्तापुँजी पछिल्लो चार पाँच बर्षमा ४ गुणाले बढेको छ। चुक्तापुँजी वृद्धिले बैंकहरुको लगानी तथा कारोबार क्षमता बढेपनि लगानीमा प्रतिफलको दर भने घटेको छ। 

बैंक वित्तीय सँस्थाको नाफा अंकमा बढेको देखिएपनि आम्दानीको प्रतिफल घटेको छ। बैंक वित्तीय सँस्थाले सार्वजनिक गरेको चालू आर्थिक बर्षको पहिलो ६ महिनाको वित्तीय प्रतिबेदनले पनि प्रतिफल घटेको पुष्टि गरेको छ। 

बैंकहरुको मुनाफा बिगतको तुलनामा घट्नुलाई धेरै तरिकाले विश्लेषण गरिएको छ। धेरैले बैंकहरुको मुनाफा घट्नुको कारणमा राष्ट्र बैंकले हालै मात्र लागू गरेको 'स्प्रेड दर' गणना बिधिलाई लिएका छन। यतिमात्र नभई पछिल्लो समय बैंक वित्तीय संस्थाले बिगतमा लिंदै आएको बिभिन्न शिर्षक बापतको शुल्क अब लिन नपाउने राष्ट्र बैंकको नियम, शाखा विस्तारमा बढेको खर्च, प्रविधि तथा सुरक्षामा बढेको खर्च लगायतका कारणले मुनाफा घटेको विश्लेषण गरेका छन। 

बैंकहरुको मुनाफा घट्नुको कारण लगायतका समसामयिक बिषयमा बिजपाटी डटकमले एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीसँग कुराकानी गरेको छ:

सीईओ केसी भन्छन,

बैंकहरुको मुनाफा घट्नुमा धेरै कारण छन। त्यसमध्ये स्प्रेड रेट एउटा हो। यस्तै स्प्रेड रेटलाई अगाडी घटाउँदा अझै पनि बैंकको मुनाफालाई प्रभाव पर्ने सम्भावना बढी नै हुन्छ । यसमा दुईवटा कुरा छ। एउटा स्प्रेड रेटलाई ४.४ प्रतिशतमा ल्याउने र अर्को यसको गणना विधिले गर्दा नाफामा २०/२५ प्रतिशतले असर पर्ने देखिन्छ । यसले गर्दा बैंकको अवस्था र जोखिम लिन सक्ने क्षमतामा असर पर्ने सक्ने देखिन्छ । 

Read More
  • MBL - below news