६ महिनामा थपिए २४ लाख इन्टरनेट प्रयोगकर्ता


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
६ महिनामा थपिए २४ लाख इन्टरनेट प्रयोगकर्ता

२१ माघ, काठमाडौं । गत जेठदेखि कात्तिकसम्मको ६ महिने अवधिमा २४ लाख २१ हजारभन्दा बढी इन्टरनेट ‘सस्क्राइबर’ थपिएका छन् । २०७६ वैशाखसम्म १ करोड ८६ लाख रहेको इन्टरनेट सस्क्राइबरको संख्या गत कात्तिक महिना बित्दासम्म २ करोड ११ लाख पुगेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार हालसम्म देशका ७१.५२ जनता इन्टरनटको पहुँचमा छन् । तर कतिपय एकै व्यक्तिले दोहोरो रुपमा इन्टरनेट प्रयोग गरिरहेकाले यो तथ्यांक केही कम हुन सक्छ । 

प्राधिकरणले सार्वजनिक गरेको एमआईएस रिपोर्टअनुसार इन्टरनेट फिक्स्ड ब्रोडब्यान्ड र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ताको संख्या उच्च दरमा बढिरहेको प्राधिकरणका प्रवक्ता निर्देशक तथा प्रवक्ता मिनप्रसाद आर्याल बताउँछन् ।

पहिलोपटक आफैंले सेवा सुरु गरेको नेपाल टेलिकमले उपत्यका र पोखराबाहेकका क्षेत्रमा फोरजी सेवा विस्तारमा ढिलाइ गरेपछि एनसेलले टेलिकमभन्दा उच्च संख्यामा फोरजी ग्राहक बटुल्न सफल भएको छ

हालसम्म जनसंख्याको अनुपातमा ५५.३९ प्रतिशतले मोबाइलमा इन्टरनेट चलाउँछन् । त्यसमा सबैभन्दा धेरै थ्रीजी सेवा प्रयोगकर्ता छन् । १ करोड १४ लाखले थ्रीजी सेवा लिएका छन् । थ्रीजीमा ८२ लाखले नेपाल टेलिकमको सेवा प्रयोग गरिरहेका छन् भने एनसेलबाट ३२ लाख प्रयोगकर्ता दर्ता छन् । एनसेलका थ्रीजी प्रयोगकर्ता गत वैशाखसम्म ४० लाख थिए । गत वैशाखसम्म ६८ लाख रहेको टेलिमको थ्रीजी प्रयोगकर्ता अहिले ८२ लाख पुगेको हो ।

यसैगरी देशभर फोरजी इन्टरनेटका ४७ लाख ९१ हजार प्रयोगकर्ता छन् । त्यसमा झण्डै ३७ लाख १३ हजार प्रयोगकर्ता एनसेलका मात्रै छन् । ६ महिनाअघि एनसेलका प्रयोगकर्ता २६ लाख ७५ हजार मात्रै थिए । एनसेलका थ्रीजीका प्रयोगकर्ता फोरजीमा बदलिएका छन् ।

Read More