सबै डीपी सेवालाई वेबमा आधारित बनाउने तयारी


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सबै डीपी सेवालाई वेबमा आधारित बनाउने तयारी

काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सम्पूर्ण डीपी सेवा वेब बेसमा लैजाने तयारी थालेको छ । 

आगामी जेठसम्म वेबमा आधारित डीपी सेवा प्रवाह गर्ने लक्ष्यका साथ सिडिएससीले आन्तरिक गृहकार्य गरिरहेको कामु सीइओ कञ्चन सापकोटाले जानकारी दिइन् । ‘हामीले कारे एप्लिकेसनलाई माइग्रेट गरी वेब बेसमा लगी प्रविधिमैत्री बनाउन लागेका हौं ।’ उनले भनिन्–‘बंगलादेशमा विगत २ वर्षदेखि र भारतमा ४ वर्षदेखि वेबमा आधारित डीपी सेवा छ ।’ 

सिडिएससीको तथ्यङ्कअनुसार स्टक ब्रोकर, मर्चेन्ट बैंक गरी कुल ७५ डीपी अस्तित्वमा छन् । हाल बैंक तथा वित्तीय संस्थाले भने वेबमा आधारित डीपी सेवा नै दिइरहेका छन् भने मोफसलमा रहेका ब्रोकर शाखा पनि वेब बेसमै जोडिएका छन् । उनी भन्छिन्–‘डीपी सेवा लिइरहेका सबै बैंक तथा वित्तीय संस्थालाई भने सिडिएससीले एउटा आइपी एड्रेस दिएको छ र सोही आइपी एड्रेसबाट नै सेवा प्रवाहको व्यवस्थापन हुने गरेको छ।’

वेब बेसमा डीपी सेवा भएको खण्डमा कार्यभार कम हुने र प्रविधिमैत्री हुने कामु सीइओ सापकोटाको दाबी समेत छ । डाटाहरु पनि केन्द्रीकृत हुँदा डीपीका सेवा प्रवाहमा समस्या नहुने उनको तर्क छ । 

...

Read More