नबिल बैंकले गर्यो 'सजिलो एक्सप्रेस कर्जा योजना' सार्वजनिक, यस्ता छन् विशेषताहरु


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
 नबिल बैंकले गर्यो 'सजिलो एक्सप्रेस कर्जा योजना' सार्वजनिक, यस्ता छन् विशेषताहरु

काठमाडौं - नबिल बैंकले नबिल सजिलो एक्सप्रेस कर्जा योजना भैरहवामा सार्वजनिक गरेको छ । साना तथा मझौला उद्यमको विकासका निम्ति नबिल बैंक र यूकेएड सक्षम एक्सिज टु फाइनान्सको सहकार्यमा उक्त योजना ल्याएको हो ।
कर्जासम्बन्धी निर्णय प्रकृयालाई गति दिँदै जोखिममा आधारित मूल्यांकन सहित क्रेडिट स्कोरिङ मोडल कर्जा आंकलन ढाँचाका आधारमा यो योजना आरम्भ गरिएको बैंकले जानकारी दिएको छ । सरल र शीघ्र प्रशोधनसहित अधिकतम साढे १०  प्रतिशतको ब्याजदरमा यो कर्जा उपलब्ध हुनेछ ।
यस याेजनाअनुसार  क्रेडिट स्कोरिङ विधिको प्रयोग गर्दै कर्जा स्वीकृत गर्ने तथा ब्याजदर तोक्ने नबिल बैंक पहिलो बैंक बन्न पुगेको छ । यसबाट साना तथा मझौला उद्यमका ग्राहकका लागि ७५ लाख रूपैयाँसम्मको कर्जा प्रतिस्पर्धी ब्याजदरमा उपलब्ध गराइनेछ ।

Read More