लाखौँ मोबाइल फोनमा अब ह्वाट्स्एप चल्दैन, यस्तो छ कारण


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
लाखौँ मोबाइल फोनमा अब ह्वाट्स्एप चल्दैन, यस्तो छ कारण

सामाजिक सञ्जाल ह्वाट्स्एप अब लाखौं मोबाइल फोन सेटमा नचल्ने भएको छ । फेसबुकको स्वामित्वमा रहेको सन्देश आदानप्रदानका लागि विश्वभर प्रयोग हुने ह्वाट्सएप अब लाखौं स्मार्टफोनमा नचल्ने भएको हो ।

पुरानो अपरेटिङ सिस्टम अर्थात् सञ्चालन प्रणाली भएका एन्ड्रोइड फोन र आईफोनमा अब फेसबुकको स्वामित्वमा भएको ह्वाट्स्एपले काम गर्नेछैन । ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताको गोपनियताको सुरक्षा गर्नका लागि यो आवश्यक कदम भएको बताएको छ ।

यो कदमबाट एन्ड्रोइड २.३.७ र आईओएस ८ वा तीभन्दा पुराना प्रणाली भएका फोनहरू प्रभावित हुनेछन् । ह्वाट्स्एपले असंगत मानेका पुराना प्रणालीहरू हिजोआज नयाँ फोनमा हालिएको हुँदैन । ह्वाट्स्एप चलाउन अधिकांश प्रयोगकर्ताले आफ्नो मोबाइलको अपरेटिङ सिस्टम अद्यावधिक गर्न सक्छन् ।

तर आईओएस ८ मात्र स्वीकार्ने आईफोन फार एस जस्ता निश्चित फोनमा सो एप नचल्ने भएको छ । सीसीएस इन्साइट्का विश्लेषक बेन वुडका अनुसार आफ्नो सेवा सुरक्षित रहेको सुनिश्चित गर्न ह्वाट्स्एपसँग योबाहेक अरू कुनै विकल्प थिएन ।

...

Read More