नेपालमा कर घटाउनैपर्ने दबाब


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपालमा कर घटाउनैपर्ने दबाब

भारतमा लचिलो कर प्रणाली

भारत सरकारले बजेटमार्फत करका दरमा भारी छुट दिएसँगै नेपाललाई पनि कर घटाउन दबाब परेको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले शनिबार बिहान ३ खर्ब ७९ अर्ब ७७ करोड अमेरिकी डलर (२६९ खर्ब ८५ अर्ब भारु)को बजेट प्रस्तुत गर्दै आयकरको सीमामा ५ लाखसम्म आम्दानी गर्नेले कुनै पनि कर नपर्ने व्यवस्था मिलाएकी छन् । त्यतिमात्र होइन साढे सात लाखसम्म आम्दानी गर्नेलाई अब १० प्रतिशत मात्रै आय कर तिरे हुने भएको छ । 

यसअघि यो व्यवस्था २० प्रतिशतमात्रा थियो । यस्तै, १० लाख आम्दानी गर्नेले अब १५ प्रतिशत र १० देखि साढे १२ लाखको सिममा २० प्रतिशत मात्रै कर तिरे पुग्ने भएको छ । यसअघि यस्तो व्यवस्था २० प्रतिशत रहेको थियो । भारतले करका दरमा व्यापक हेरफेर गर्दा त्यसले नेपाली लगानी भारतमा विस्तार हुन सक्ने अवस्था देखिएको विश्लेषकहरू बताउँछन् । नेपालमा नीतिगत अस्थिरता लगानीमैत्री वातावरणको अभाव लगानीको सुरक्षण गर्न सकिरहेको छैन जसले लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा छन् । 

सरकारले चालू आर्थिक वर्षकालागि ल्याएको बजेटले वार्षिक ४ लाख रुपैयाँसम्मको आयमा कर छुट दिने घोषणा गरेको छ । व्यक्तिगत आयकरको सीमा ५० हजारले बढाएर वार्षिक चार लाख रुपैयाँ पु¥याएको छ । गत वर्ष यस्तो सीमा साढे तीन लाख रुपैयाँ थियो । विवाहित व्यक्ति (दम्पती) को हकमा आयकरको सीमा पनि बढेर वार्षिक साढे ४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको तुलनामा यो ५० हजार रुपैयाँले बढी हो । यसअघि यस्तो सीमा ४ लाख रुपैयाँ कायम थियो । अर्थमन्त्री डा. युवराज खतिवडाले आयकरका दरमा वृद्धि गरिएको नगरिएको र आयकर छुट हुने सीमा वृद्धि गरी व्यक्तिका लागि ४ लाख र दम्पत्तिका लागि ४ लाख ५० हजार रुपैयाँ पु¥याएको घोषणा गरेको थिए । जसअनुसार नेपाललमा कर नलाग्ने सीमाभन्दा माथिको थप एक लाखमा १० प्रतिशत, त्यसपछिको २ लाखमा २० प्रतिशतका दरले कर को दर कायम गरिएको छ । 

त्यसपछि वार्षिक २० लाखसम्मको आयमा ३० प्रतिशत र २० लाख रुपैयाँभन्दा धेरै आयमा ३६ प्रतिशतका दरले कर लाग्दै आएको छ । भारतीय अर्थमन्त्री सीतारमणले आगामी तीन वर्षभित्र किसानको आम्दानी दोब्बरले बढाउने प्याकेज सहित बजेट २.० मा किसानका लागि खास प्याकेज ल्याएकी घोषणा गरेकी छन् । “सरकारले किसानका लागि छुट्टै रेल र हवाइजहाज सेवा उपलव्ध गराउने छ,” अर्थमन्त्री सीतारमणले भनिन् । बजेटमार्फत सीतारमणले यस वर्ष वित्त घाटा ३.८ प्रतिशतमा सीमित राख्ने घोषणा गर्दै आय २२ खर्ब ४६ अर्ब भारु अर्थात ३ खर्ब १६ अर्ब ३ करोड अमेरिकी डलर रहने बताएकी छन् । प्रस्तुत बजेटमा आयकर छुटका यसअघि प्रावधानलाई कायम राख्दै प्रगतिशील कर प्रणाालीका घोषणा गरिएको छ, जसअन्तर्गत तल्लो आय समूह भएकाले कम र माथिल्लो आय समूह भएकाले बढी कर तिर्नुपर्नेछ ।

...

Read More
  • MBL - below news