काठमाडौं - राष्ट्रिय वाणिज्य बैंकले जनप्रभात उच्च माध्यमिक विद्यालयमा सूचना प्रविधि कक्षा स्थापना गरेको छ । ३ नम्बर प्रादेशिक कार्यालय काठमाडौं र शाखा कार्यालय टेकुले संयुक्त रुपमा आयोजना गरी कालिमाटीस्थित जनप्रभात उच्च माविमा सूचना तथा संचार प्रविधि(आइसिटी) कक्षाको सञ्चालन भएको हो ।
स्थापनासँगै कक्षामा आवश्यक सूचना प्रविधि सम्बन्धी सामग्रीहरुको हस्तान्तरण गरिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण डंगोललाई सरस्वती पूजाको दिन सहयोग हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सरकारी विद्यालयका विद्यार्थीहरुको क्षमता बृद्धिका लागि स्थापना गरिएको सूचान तथा संचार प्रविधि कक्षाले सहयोग पुर्याउने बताए ।






