एक्सेल डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताव


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एक्सेल डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताव

एक्सेल डेभलपमेन्ट बैंक (EDBL) ले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ। बैंकको माघ १८ गते बसेको २३१ औं बैठकले १८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।


बैंकले हाल कायम चुक्ता पूँजी ६९ करोड २६ लाख ७३ हजार रुपैयाँको १७.१० प्रतिशत अर्थात ११ करोड ८४ लाख रुपैयाँ बराबरको नगद र कर प्रयोजनको लागि ०.९० प्रतिशत अर्थात ६२ लाख ३४ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले प्राप्त गर्नेछ।

गत आर्थिक वर्ष बैंकले १७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

Read More
  • MBL - below news