विदेशबाट लगानी भित्र्याएको एनएमबी बैंकका सिइओ भन्नुहुन्छ, “म सेलिब्रेटी बैंकर होइन”


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
विदेशबाट लगानी भित्र्याएको एनएमबी बैंकका सिइओ भन्नुहुन्छ, “म सेलिब्रेटी बैंकर होइन”

पछिल्ला दिनमा नेपाली टेलिभिजन च्यानलमा एउटा फरक खालको विज्ञापन बजिरहेको छ । साना तथा मझौला कर्जा प्रवद्र्धन गर्ने विषयलाई केन्द्रमा राखेर तयार पारिएको विज्ञापनले धेरैले ध्यान आकर्षित गरेको छ ।

कृषक आफ्ना कृषि उपज व्यापारीलाई बिक्री गरिरहेका छन् तर त्यहीमध्येकी एक कृषक अर्थात् रङ्गमञ्चकी कलाकार लक्ष्मी बर्देवा आफूले उत्पादन गरेको कृषि उपज व्यापारीलाई बेच्न छाडेर आफैँ उद्यम गर्न थाल्नुभएको छ । यही सामान्य लाग्ने विषय समेटिएको विज्ञापनले भन्ने सन्देश हो, ‘साना तथा मझौला उद्यम गर्न चाहुनुहन्छ भने एनएमबी बैंकमा आउनुस् र सहजै कर्जा लिनुस् ।’

पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्था साना तथा लघु उद्यमतिर आकर्षित भइरहेका छन् । कृषि र साना तथा मझौला उद्योगको विकास नगरी आर्थिक समृद्धि कोरा कल्पना मात्रै हुनजान्छ भन्ने ध्येयका राखिएको छ ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयसँगै जोडिएको बैंकको केन्द्रीय कार्यालय पुग्दा साँझको ५ बजेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल केसी विभागीय बैठकमा हुनुहुन्थ्यो सायद । बैठक सक्ने बित्तिकै हामी उहाँसँग गफिन थाल्यौँ । उहाँले आफ्नो बैंकिङ ‘करियर’, बैंकको लगानी तथा भावी दिशाका बारेमा सविस्तार हामीलाई सुनाउनुभयो ।

“३० वर्षे बैंकिङ करियरमा हरेक दिन हरेक मिनेट मेरा लागि सिकाइका समय बनिरहेका छन् । सुखमा मात्तिइन्, दुःखमा पनि आत्तिने बानी छैन । हरेक क्षणलाई सदुपयोग गरेको छु । त्यसैले नै मलाई सफलता दिएको छ”, उहाँले भन्नुभयो, “बैंकिङ आफैँमा रिस्की क्षेत्र पनि हो तर यसलाई फुकी फुकी विचार गरी गरी अगाडि बढ्दा सफलता मिलेको छ ।”

...

Read More
  • MBL - below news