एनसीसी बैैकको लाभांश पारित, मर्जरको लागि जोडी खोज्दै


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
एनसीसी बैैकको लाभांश पारित, मर्जरको लागि जोडी खोज्दै

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (NCCB) को शुक्रबार सम्पन्न २२ औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्ने १५ प्रतिशत लाभांश पारित गरेको छ।

सभाले पूँजीको १५ प्रतिशत बोनस शेयर र सो को कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको हो।

यसका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने वा प्राप्ति गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले माघ ७ गते बुकक्लोज गरेकाले माघ ६ गतेसम्म कायम शेयरधनीहरुले बैंकको लाभांश प्राप्त गर्न सक्नेछन्।

हाल ८ अर्ब १३ करोड ३८ लाख ४१ हजार रुपैयाँ चुक्ता पूँजी रहेकोमा १५ प्रतिशतका दरले एक अर्ब २२ करोड ७६ हजार १२३ रुपैयाँ बोनस शेयर वितरण पश्चात एनसीसी बैंकको चुक्ता पूँजी ९ अर्ब ३५ करोड ३९ लाख १७ हजार पुग्नेछ।

Read More
  • MBL - below news