घट्यो फेसबुकको मुनाफा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
घट्यो फेसबुकको मुनाफा

माघ १६, सन फ्रान्सिस्को (अमेरिका) । सामाजिक सञ्जाल फेसबुकको मुनाफा घटेको छ । सन् २०१९ मा कम्पनीले १८ अर्ब ४० करोड डलर मात्रै खूद मुनाफा गरेको छ । मुनाफाको यो आकार अघिल्लो वर्षको तुलनामा १६ प्रतिशत कम हो । 

मुनाफामा आएको यो कमी पाँच वर्षयताकै पहिलो भएको बताइएको छ । अघिल्लो वर्ष ५५ अर्ब ८० करोड डलर रहेको आम्दानी समीक्षा अवधिमा बढेर ७० अर्ब डलरमा उक्लिएको छ । 
विज्ञापन व्यवसायको आम्दानी पनि २७ प्रतिशतले बढेको छ ।

फेसबुक प्रयोगकर्ताको डेटा सुरक्षा बढाउने र यसमा झुठा सामाग्री प्रचार प्रसारलाई रोक्ने प्रयासबीच कम्पनीको मुनाफा घटेको हो । समीक्षा अवधिमा कम्पनीको खर्च ५१ प्रतिशतले बढेर ४६ अर्ब ७० करोड डलरमा पुगेको बताइएको छ । 

यो खबर सार्वजनिक भएपछि नियमित समयपछिको कारोबारमा कम्पनीको शेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको थियो । फेसबुकले गत वर्ष नै लगानीकर्ताहरुलाई मुनाफा प्रभावित हुने बताएको थियो । 

झुठा समाचार व्यवस्थापन र प्रयोगकर्ताको डेटा दुरुपयोग गरेको भन्दै कम्पनीले हालैका वर्षमा निकै आलोचना खेप्नु परेको थियो । प्रयोगकर्ताको डेटा दुरुपयोग मामिलामा गत जुलाई माअमेरिकी नियामकले कम्पनीलाई ५ अर्ब डलरको कीर्तिमानी जरिवाना तिराएको थिए । 

...

Read More