लुम्बिनी विकास बैंकको एकै दिन ३ नयाँ शाखा थपिए


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लुम्बिनी विकास बैंकको एकै दिन ३ नयाँ शाखा थपिए

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले एकै दिन तीनवटा शाखा कार्यालयको उद्घाटन गरिएको छ । लुम्बिनी विकास बैंक लिमिटेडले बहुसंख्यक ग्राहकहरुलाई बैंकिङ्ग सेवा पु¥याउने आफ्नो नीति अनुरुप नयाँ शाखा कार्यालयको उद्घाटन गरेको हो । 

बैंकले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं ४, चौराहमा आफ्नो ६६औं शाखाको रुपमा धनगढी शाखा कार्यालयस कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नं ४, महेन्द्र स्मारकमा ६७ औं शाखाको रुपमा महेन्द्रनगर शाखा कार्यालय र सुर्खेत जिल्लाको बिरेन्द्रनगर नगरपालिका वडा नं ६, बिरेन्द्र चोकमा ६८ औं शाखाको रुपमा विरेन्द्रनगर शाखा कार्यालय गरि एकै दिन ३ वटा शाखा कार्यालयहरुको उद्घाटन गरेको छ ।

Read More
  • MBL - below news