माघ १३, काठमाडौं । चालू आवको दोस्रो त्रैमासमा कामना सेवा विकास बैंकको वितरणयोग्य नाफा रू. ६ करोड ५५ लाख रहेको छ । एनएफआरएस प्रणाली अनुसार बैंकले कमाएको नाफाबाट विभिन्न शीर्षकमा छुट्याए पछिको नाफा नै वितरणयोग्य नाफा हो । बैंकले चालू आवको दोस्रो त्रैमासमा रू. १४ करोड ८५ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासमा रू. १३ करोड ८१ लाख थियो । बैंकले यस वर्ष शेयरधनीलाई ६ दशमलव ८ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।








