बैंकहरु मर्जरमा जान अर्थमन्त्रीको सुझाव, राष्ट्रिय वाणिज्य बैंकको आइपीओ आउने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बैंकहरु मर्जरमा जान अर्थमन्त्रीको सुझाव, राष्ट्रिय वाणिज्य बैंकको आइपीओ आउने

काठमाडौं : बैंक तथा वित्तीय संस्था एकआपसमा गाभिन अभिप्रेरित गर्दै आएको सरकारले त्यसलाई थप गति दिने संकेत गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले घराना मिल्ने तथा एकै प्रकृतिका कारोबार संस्थालाई एकआपसमा गाभिन पुनः सुझाव दिएका छन् । बैंक तथा वित्तीय संस्थाको संख्या कम गर्दै गुणात्मक सेवा विस्तार गर्नु जरुरी रहेको भन्दै उनले सबल र समृद्ध बैंकिङका लागि एकआपसमा मिल्न आग्रह गरेका हुन् ।

सरकारको आग्रहलाई स्वीकार गर्दै ग्लोबल आइएमई बैंक र जनता बैंक एकापसमा गाभिएर संयुक्त कारोबारसमेत सुरु गरिसकेका छन् । अन्य केही बैंक तथा वित्तीय संस्थासमेत गाभिने प्रक्रियामा छन् । बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन प्रेरित गरिरहेको भन्दै उनले सरकारको आग्रहलाई स्वीकार गरेको खण्डमा थप सहुलियत दिलाउने विश्वास व्यक्त गरे । २७ वटा वाणिज्य बैंक अझै धेरै भएको उल्लेख गर्दै उनले नेपाल राष्ट्र बैंकले पनि संस्था एकआपसमा गाभिन प्रोत्साहित गरिरहेको उल्लेख गरे । 
अर्को प्रसंगमा उनले गुणस्तरीय बैंकिङमा ध्यान दिन, सेवाको क्षेत्र विस्तार गर्न सरकारी लगानी भएकाले वाणिज्य बैंक अझै अब्बल हुनुपर्नेमा जोड दिए । उनले भने, “कर्जाको आकार होइन, अब कर्जाको गुणस्तर वृद्धिमा लाग्नुपर्छ । आकार मात्रै वृद्धि गरेर हुँदैन । , कर्जाले उत्पादकत्व पनि बढाउनुपर्छ । त्यसमा भूमिका खेल्नुस् ।”

राष्ट्रिय वाणिज्य बैंकको पनि आइपीओ आउन सक्छ 

अर्थमन्त्री युवराज खतिवडाले सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको आइपीओ निष्कासन हुन सक्ने बताए । “पुँजीका हिसाबले साधारण सेयर बिक्री गर्नुपर्ने अवस्था भने छैन तर कम्पनी ऐनअनुसार सबैलाई समान व्यवहार गर्नुपर्ने भएकाले वाणिज्य बैंक पनि त्यसमा आउनैपर्ने उनको भनाई थियो । उनले अन्य बैंक तथा वित्तीय संस्थालाई झै राष्ट्रिय वाणिज्य बैंकलाई पनि कम्पनी कानुन र बैंक तथा वित्तीय संस्था ऐनमा भएको व्यवस्था लाग्ने पनि स्पष्ट पारे ।

...

Read More
  • MBL - below news