नेपाल भित्रिँदै ‘नगदमुक्त सहर’को अवधारणा, फाइदा के ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेपाल भित्रिँदै ‘नगदमुक्त सहर’को अवधारणा, फाइदा के ?

कुनै जमाना यस्तो थियो कि मान्छेहरू ‘पैसा’ भन्नेबित्तिकै नोटका मोटामोटा बिटा सम्झिन्थे । करिब एक दशक अगाडिसम्म हुर्किएका नेपाली बालबालिकाहरूले पनि ‘धनी’ मान्छेको कल्पना गर्दा ठुल्ठुला सुटकेसमा पैसाका बिटा बोकेर हिँड्ने मान्छे सम्झिए ।

तर जमाना बिस्तारै बदलिन लाग्यो । अचेल प्रायः नेपालीको पैसा सुटकेसमा होइन, एउटा पातलो कार्डमा छ । जब पैसा चाहिन्छ, मेसिनमा लगेर कार्ड छिराउने हो, पैसा निकाल्ने हो । कतिपय ठाउँमा त सिधै कार्डबाटै सामान किन्न मिल्ने भइसक्यो ।

परिवर्तनको क्रम अझ अगाडि बढ्दै गर्दा कार्डलाई पनि मोबाइल मार्फत् भुक्तानी गर्ने विभिन्न प्रणालीले विस्थापन गर्न थाले । संसारका विभिन्न देशहरूमा त ‘नगदको भार’ महँगो पार्ने भन्दै सिङ्गै सहरलाई ‘नगदमुक्त’ बनाउने अवधारणा सुरु भएको छ । भुक्तानी प्रणालीमा कार्यरत केही नेपाली कम्पनीले पनि अब यस अवधारणालाई व्यापकता दिने तयारी गरेका छन् ।

‘नगदमुक्त सहर’ के हो र किन चाहियो ?

सामान्यतया नगदमुक्त सहरलाई पनि ‘स्मार्ट सहर’कै अवधारणाको एक अङ्ग मानिन्छ । डिजिटल भुक्तानी प्रणालीले उपभोक्ता, व्यवसायी, सरकार र समग्र अर्थतन्त्रलाई फाइदा दिन्छ र स्मार्ट सहरको अवधारणालाई अझ मूर्त बनाउँछ ।

विज्ञहरू बताउँछन् कि नगद वा चेक कारोबार उपभोक्ता र व्यवसायी दुबै पक्षलाई महँगो पर्न जान्छ । एकातिर समय जान्छ, अर्कोतिर बैंकिङ प्रणाली सञ्चालनको खर्च । पैसा हराउला वा चोरी होला भन्ने डरले सताउँछ । पैसाकै कारण कतिपयको ज्यान जाने गरेको छ । हरेक देशमा केन्द्रीय बैंकहरूले नोट छाप्न मात्र करोडौँ डलर खर्च गर्ने गरेका छन् भने ती थोत्रिएपछि तिनको व्यवस्थापन अझै झन्झटिलो छ ।

डिजिटल भुक्तानी प्रणालीको वकालत गर्नेहरू यी सबैको समाधान सम्भव रहेको बताउँछन् ।

आधार के छ त ?

...

Read More