नेपाली भन्सार 'क्यास लेस'


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेपाली भन्सार 'क्यास लेस'

काठमाडौं- भन्सार विभागका महानिर्देशक सुमन दाहालले अब नेपाली भन्सारहरु 'क्यास लेस’ भएको बताएका छन्। भन्सार दिवसका अवशमार भएको विशेष पत्रकार सम्मेलनमा महानिर्देशक दाहालले भन्सारहरुमा नगद कारोबार बन्द भएको बताए। पहिले भन्सारमा नगदी रसिदमा पैसा तिरेर जाँचपास हुने गरेकोमा अहिले सबै आर्थिक कारोबार बैंकिङ प्रणाली मार्फत हुने गरेको उनले बताए। 'भन्सार क्यास लेस भएको छ। पहिले पहिले भन्सारमा नगदी रसिदमा पैसा तिरेर जाँच पास हुन्थ्यो। अहिले सबै भन्सारमा बैंक सिस्टममा भुक्तानी हुन्छ। भन्सार प्रशासनले क्यास कारोबार गर्दैन। अझ बैंकसँग पनि जानु नपर्ने गरी डिजिटल पेमेन्ट मा काम गरिरहेक छौँ। यसका लागि राष्ट्र बैंक, मन्त्रालय र भन्सार विभागबीच छलफल भइरहेको छ’, उनले भने।

दाहालले नेपाल नेशनल सिंगल विण्डो सिस्टमको विकास भइरहेको र अबको केही समयपछि कार्यालयहरुको अन्तरसमुन्वयमा देखिएको समस्या हल गर्ने बताए। सिस्टममा पहिलो चरणमा २१ भन्दा बढी कार्यालय एकै छातामुनि रहने भएकाले समुन्वयको अभाव नदेखिने उनले बताए।

Read More