डेढ करोड नेपालीले प्रयोग गर्छन् मोबाइल इन्टरनेट


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
डेढ करोड नेपालीले प्रयोग गर्छन् मोबाइल इन्टरनेट

दूरसञ्चार प्राधिकरणका अनुसार हालसम्म ४ करोड १७ लाख ५८ हजार १ सय ९८ थान सिम बिक्री भएको

मुलुकमा मोबाइल प्रयोग गर्नेको संख्या बढेसँगै इन्टरनेट चलाउनेको संख्या पनि बढ्न थालेको छ । नेपाल दूरसञ्चार प्राधिकरणकाअनुसार नेपालमा मोबाइल इन्टरनेट प्रयोगकर्ताको संख्या १ करोड ६३ लाख ४७ हजार ३ सय ५९ छ ।  

नेपालमा सञ्चालित विभिन्न दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूले इन्टरनेट सेवा प्रदान गर्दै आएका छन् । यस्ता कम्पनीले फिक्स ब्रोडब्यान्ड (वायर), फिक्स ब्रोडब्यान्ड (वायरलेस) र मोबाइल ब्रोडब्यान्ड सेवा प्रदान गर्दै आएका छन् । इन्टरनेटका लागि फिक्स ब्रोडब्यान्ड (वायरलेस) प्रयोगकर्ताको हिस्सा भने शून्य दशमलव ८० प्रतिशत छ । फिक्स ब्रोडब्यान्ड (वायर) को प्रयोगकर्ताको हिस्सा १५ दशमलव ३३ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ । मोबाइलको पहुँच बढ्दै गएपछि फिक्स ब्रोडब्यान्ड प्रयोगकर्ताको संख्या घट्दै गएको नेपाल टेलिकम प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । 

५० हजारले चलाउँछन् फोरजी
प्राधिकरणका अनुसार ४७ लाख ९१ हजार ८ सय ९६ ले इन्टरनेटको आधुनिक फोरजी सुविधा प्रयोग गरेका छन् । तर, धेरैजसोले भने थ्रिजी चलाउने गरेको तथ्यांकले देखाएको छ । चालू आवको पहिलो चार महिनाको अवधिमा १ करोड १४ लाख १८ हजार मोबाइल प्रयोगकर्ताले थ्रिजी चलाएका छन् । त्यस्तै, १ लाख ३६ हजार ५ सय ७३ मोबाइल प्रयोगकर्ताले इभिडियो चलाएको तथ्यांकमा उल्लेख छ । 

अधिकांश मोबाइल प्रयोगकर्ताले नेपाल टेलिकमको इन्टरनेट सेवा प्रयोग गर्ने गरेका छन् । तथ्यांकअनुसार ८२ लाख ७ हजार ३ सय ३८ जनाले मोबाइलमा टेलिकमको थ्रिजी चलाउँछन् । त्यस्तै, ३२ लाख ११ हजार ५ सय ५२ ले थ्रिजीका लागि एनसेलको सेवा प्रयोग गर्छन् । त्यस्तै, फोरजीका लागि एनसेलको प्रयोग गर्नेको संख्या अधिक छ । ८ लाख ३९ हजार ५ सय ८० जनाले फोरजीका लागि नेपाल दूरसञ्चारको प्रयोग गर्छन् भने ३७ लाख १३ हजार ४ सय ३१ ले एनसेलको प्रयोग गर्छन् ।
 
एक वर्षमा ६ प्रतिशतले बढे टेलिफोन ग्राहक

...

Read More