माघ ९, काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्नका लागि सेबोनमा मंगलवार निवेदन दिएको छ ।
सेबोनको स्वीकृतिपछि उक्त कम्पनीले ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्कासन गर्ने छ । कम्पनीको विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको जनाउँछ ।
कम्पनीले निष्कासन गर्न लागेको आईपीओ अहिलेसम्मकै लघुवित्त कम्पनीहरुले जारी गरेकामध्येको ठूलो आईपीओ हो । यो कम्पनी एनआईसी एशिया बैंकको सहायक कम्पनी पनि हो ।
हाल सम्ममा कम्पनीले ५८ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । कम्पनीको केन्द्रीय कार्यालय जाजरकोट खलंगामा रहेको छ ।




