काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लोभ लाग्दो वित्तीय प्रदर्शन गरेको छ । यो अवधिमा संस्थाले गत आर्थिक वर्षको यही अवधिमा तुलनामा ३०० प्रतिशत बढीले खुद नाफा आर्जन गर्न सफल भएको छ ।
संस्था दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले ७ करोड ८७ लाख खुद नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिमा संस्थाको खुद नाफा १ करोड ९६ लाख रुपैयाँमा सीमित थियो ।
समीक्षा अवधिमा संस्थाले १२ करोड ३६ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत वर्ष संस्थाले ३ करोड ८ लाख रुपैयाँमात्र सञ्चालन मुनाफा गरेको थियो ।




