मर्जमा जाने भएपछि महुली लघुवित्तको कारोबार रोक्का


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मर्जमा जाने भएपछि महुली लघुवित्तको कारोबार रोक्का

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा महुली लघुवित्त Mahuli Samudayak Laghubitta Bittiya Sanstha Limited को कारोबार रोक्का गरिएको छ । कम्पनीले नव किरण लघुवित्तसँग मर्जर सम्झौता गरेसंगे कारोबार रोक्का भएको हो ।

महुलीले बुधबार मर्जर सम्झौता गरेको हो । बुधबार नै मर्जरबारे नेप्सेमा जानकारी गराईए पनि जानकारी कारोबार समयमा आएकोले बुधबार कारोबार रोक्का नगरिएको नेप्सेले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट लाइन्सेस पाएको एक महिना पनि नपुग्दै नव किरण लघुवित्तले मर्जर सम्झौता गरेको हो ।  सम्झौतामा महुलीको तर्फबाट अध्यक्ष प्रभु नारायण चौधरी र नव किरणको तर्फबाट मोहन हरि आचार्यले हस्ताक्षर गरेका हुन् । नव किरणले गत पुस ९ गते मात्र राष्ट्र बैंकबाट लाईसेन्स पाएको थियो ।

सम्झौता अनुसार मर्जरपछि बन्ने संस्थाको नाम, लोगो, स्लोगन र केन्द्रीय कार्यालय महुली लघुवित्तको हाल कायम रहे बमोजिम नै रहने छ । नव किरणको हालको कार्यालय रहेको धुलिखेललाई ३ नम्बर प्रदेशको कार्यालयको रुपमा राखिने छ ।

Read More
  • MBL - below news