इन्फिनिटी लघुवित्तले पनि उत्साहजक हिसाबले बढायो नाफा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
इन्फिनिटी लघुवित्तले पनि उत्साहजक हिसाबले बढायो नाफा

काठमाडौं : इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा १५८.१६% धेरै हो । गत वर्ष यसले १ करोड २९ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । कम्पनीले खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ९९.९७% र १६०.७८% ले बढाएपछि समग्र नाफा ह्वात्तै बढेको हो ।

गत वर्ष ३ करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस कम्पनीले दोस्रो त्रैमासमा बढाएर ७ करोड ८१ लाख पुर्याएको छ । यस्तै, सञ्चालन नाफा पनि २ करोड ३ लाख रुपैयाँबाट बढोत्तरी भएर ५ करोड ३१ लाख पुगेको छ । पुस मसान्तसम्म इन्फिनिटीले ६१ करोड रुपैयाँ निक्षेप संकलन गर्दा १ अर्ब ८१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हाल यसको चुक्ता पुँजी २२ करोड ८१ लाख रुपैयाँ रहेको छ ।

Read More
  • MBL - below news