काठमाण्डौ । महुली लघुवित्त र नवकिरण लघुवित्त वित्तीय संस्थाले आपसमा मर्जरमा जाने सम्झौता भएको छ । सम्झौतापत्रमा महुली लघुवित्तका अध्यक्ष प्रभुनारायण चौधरी र नवकिरण लघुवित्तका मोहनहरि आचार्यले हस्ताक्षर गरेका हुन् । मर्जर प्रक्रिया टुंगोमा पुर्याउन दुवै संस्थाले भानुभक्त निरौलाको संयोजकत्वमा संयुक्त मर्जर समितिसमेत बनाएका छन् । संयुक्त मर्जर समितिको सचिवालय महुली लघुवित्तको केन्द्रीय कार्यालयमा रहने सहमति भएको छ । सम्झौतपत्रमा दुवै लघुवित्त आपसमा गाभिएपछि बन्ने संस्थाको नाम महुली लघुवित्त वित्तीय संस्था राखिने र केन्द्रीय कार्यालय हाल महुलीको केन्द्रीय कार्यालय रहेको सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिकाको महुलीमै रहने उल्लेख छ ।








