सांग्रिलाको संस्थापक शेयर बिक्रीमा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सांग्रिलाको संस्थापक शेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) ले संस्थापक समूहको २२,१८७ कित्ता शेयर बिक्री गर्ने भएको छ। बैंकका २ संस्थापक शेयरधनीहरुले शेयर बिक्री गर्ने स्वीकृतीका लागि बैंकमा निवेदन दिएका कारण सो शेयरहरु बिक्री गर्न लागिएको हो।

बैंकका संस्थापक शेयरधनी मधुसुदन शर्माले २० हजार कित्ता र अनुप थापाले २ हजार १८७ कित्ता संस्थापक शेयर बिक्री गर्ने ईच्छा राखी निवेदन दिएका थिए।

सो शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले आवेदन दिन सक्नेछन। इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको रजिष्टर्ड कार्यालयमा निवेदन दिनु पर्नेछ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थापक समूहको शेयर खरिद÷बिक्री गर्दा संस्थापक शेयरधनीहरुलाई प्रथम प्राथमिकता दिनुपर्ने भएका कारण सो शेयर हाल संस्थापक शेयरधनीहरुमा बिक्री गर्न लागिएको हो। सो शेयर खरिदका लागि संस्थापक शेयरधनीहरुले आवेदन नदिएमा मात्र अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिनेछ।

Read More
  • MBL - below news