एनआईसी एशिया बैंक, इन्फ्रासफ्ट र एम्निलबीच इन्ड टु इन्ड एएमएल/सीटीएफ सलुसन खरिद गर्ने त्रिपक्षीय सम्झौता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनआईसी एशिया बैंक, इन्फ्रासफ्ट र एम्निलबीच इन्ड टु इन्ड एएमएल/सीटीएफ सलुसन खरिद गर्ने त्रिपक्षीय सम्झौता

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेड र इन्फ्रासफ्ट टेक्नोलोजी लि. भारत तथा एम्निल टेक्नोलोजी प्रालि नेपालबीच इन्ड टु इन्ड एएमएल (एन्टी मनी लाउन्ड्रिङ)/सीटीएफ (कम्ब्याटिङ टेरोरिस्ट फाइनान्सिङ) सलुसन खरिद गर्ने त्रिपक्षीय सम्झौता सम्पन्न भएकोे छ ।

 

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्फ्रासफ्ट टेक्नोलोजीका भाइस प्रेसिडेन्ट डेलिभरी प्रोडक्ट अमित शर्मा तथा एम्निल टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत अमित जोशीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार इन्फ्रासफ्ट टेक्नोलोजी र एम्नील टेक्नोलोजीले बैंकलाई अन्तर्राष्ट्रियस्तरको इन्ड टु इन्ड एएमएल सलुसन उपलब्ध गराउने र इन्ड टु इन्ड एएमएल (एन्टी मनी लाउन्ड्रिङ)/सीटीएफ (कम्ब्याटिङ टेरोरिस्ट फाइनान्सिङ) सलुसन कार्यान्वयनमा ल्याएपश्चात सम्पत्ति शुद्घीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी नियमनकारी निकाय तथा अन्तर्राष्ट्रिय निकायहरु (जस्तै फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ), एसियन प्यासिफिक ग्रुप अन मनी लाउन्ड्रिङ (एपीजी) आदिले तोकेको मापदण्डहरु प्रभावकारी रुपमा कार्यान्वयन हुने र सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी जोखिम व्यवस्थापनमा अझ प्रभावकारी हुने विश्वास बैंकले लिएको छ ।

Read More
  • MBL - below news