के हो रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटिजिएस) ? कसरी हुन्छ भुक्तानी ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
के हो रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटिजिएस) ? कसरी हुन्छ भुक्तानी ?

रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम अर्थात आरजीटीएस एउटा बैंकबाट अर्को बैंकमा तुरुन्तै रकम भुक्तानी गर्ने प्रणाली हो । यो सिस्टममा एक व्यक्ति वा संस्थाले अर्को व्यक्ति वा संस्थालाई रकम भुक्तानी गर्नुपरेको खण्डमा भुक्तानी गर्नेले सामान्यः फारम भरेर रकम भुक्तानीका लागि आग्रह गरेपछि पाउनेले एकै क्षणमा बैंक खातामा भुक्तानी पाउँछ । तुरुन्तै भुक्तानी हुने भएकाले यसलाई रियल टाइम ग्रस सेटलमेन्ट भनिएको हो।

उदाहरणका रुपमा, ‘ए’ नामको व्यक्तिले ‘बी’लाई १० लाख रुपैयाँ तिर्नुपर्नेछ। अब ‘ए’ले आफ्नो खाता भएको बैंकको शाखामा गई सामान्यः रिक्वेस्ट फारम भर्नुपर्नेछ। जुन फारममा बीको नाम, बैंक खाता, भुक्तानी रकम भरेर बुझाउनुपर्नेछ। फारम बुझाएलगत्तै ‘बी’ले आफ्नो बैंक खातामा रकम प्राप्त गर्दछ। यस प्रणालीले चेकको क्लियरिङ गर्नुपर्ने झन्झट हुँदैन । चेकको क्लियरिङ गर्नुपर्दा भुक्तानीका लागि एक दिनभन्दा बढी लाग्थ्यो भने आरजीटीएसमा तुरुन्तै भुक्तानी हुन्छ । बैंकहरुको चेक छपाईमा लाग्ने खर्च पनि बच्छ ।

...

Read More