जरिवाना तिर्ने रहर कसैलाई हुँदैन। एक त पैसा खर्च हुने त्यही माथी झण्झट पनि हुने। अझ ट्राफिक नियम उलंघन गरेर जरिवाना तिर्न त झनै झण्झटिलो छ।
सुरुमा बैंकमा गएर लाइन बसेर पैसा बुझायो अनी डिपोजिट स्लिप ट्राफिक कार्यालयमा बुझएपछि मात्रै आफ्नो कागजपत्र फिर्ता लिन पाइन्छ।
अब भने यो झण्झट हट्ने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनलाइनबाटै जरिवान तिर्न मिल्ने व्यवस्था मिलाउने तयारी थालेको छ।
सेवाग्राहीले आफ्नो मोवाइलबाटै जरिवाना रकम तिर्ने व्यवस्था गर्ने तयारी भइरहेको महानगरीय ट्राफिक प्रहरी प्रमुख भिम प्रसाद ढकाले जानकारी दिए।
‘मोवाइल बैंकिङ, वालेट वा त्यस्तै कुनै माध्यमबाट सेवाग्राहिले सिधै जरिवान तिर्न मिल्ने व्यवस्था मिलाउदै छौं। २÷३ महिनाबाट यो प्रणाली सुरु हुन्छ। सोही अनुरुप काम गरिरहेका छौं,’ ढकालले सेतोपाटीसगँ भने।





