एनआइसी एसियाले ३३.३९% ले बढायो नाफा, कति पुग्यो प्रतिसेयर आम्दानी ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनआइसी एसियाले ३३.३९% ले बढायो नाफा, कति पुग्यो प्रतिसेयर आम्दानी ?

काठमाडौं : एनआइसी एसिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा २ अर्ब १ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा ३३.३९% ले बढी हो । गत वर्ष बैंकले १ अर्ब ५१ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो । पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा १ अर्ब ७ करोड ४१ लाख रुपैयाँ पुगेको छ । बैंकको फराकिलो हिसाबले खुद ब्याज आम्दानी र सञ्चालन नाफा आर्जन गरेको छ । खुद नाफा आकर्षक हिसाबले बढ्नुमा यसैको प्रभाव हो । 
 
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः २३.४०% र ३५.८४% ले बढेको छ । एनआइसी एसियाको यस अवधिमा खराब कर्जा बढेको छ भने कष्ट अफ फन्ड घटेको छ । बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३ पैसाले बढेर ४१ रुपैयाँ ६१ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १६४ रुपैयाा ८७ पैसा छ । एनआइसी एसिया बैंक पछिल्ला दिनहरुमा निकै आक्रामक बन्दै आएको छ ।
 

Read More
  • MBL - below news