अधिकांश डिजिटल वालेटहरु घाटामा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अधिकांश डिजिटल वालेटहरु घाटामा

बैंकिङ कारोबारमा सहजता ल्याउनका लागि नेपालमा थुप्रै डिजिट वालेटहरु संचालनमा आएका छन् । तर, पर्याप्त प्रयोगकर्ता नहुँदा अधिकांश वालेटहरु घाटामा रहेका छन् । डिजिटल वालेट एउटा यस्तो प्रविधि हो, जसको प्रयोग गरी मोबाइलबाटै सम्पूर्ण बैंकिङ कारोबार गर्न सकिन्छ । टिकट काट्ने, टिभी तथा मोबाइल रिचार्ज गर्ने, इन्टरनेट, विजुली, पानी, टेलिफोन लगायतको विल भुक्तानी गर्ने, रकम ट्रान्सफर गर्ने लगायतका हरेक सुविधा यसमा उपलब्ध हुन्छ । स्मार्टफोनमा एउटा एप डाउनलोड गरेको भरमा यति धेरै सुविधा पाइन्छ, यो सुखद कुरा हो । तर, नेपालको सन्दर्भमा यो त्यत्ति प्रभावकारी हुन सकेको देखिँदैन ।

चेतनाकै कमी
नेपालमा झन्डै ४५ प्रतिशत जनताहरु अझै निरक्षर नै छन् । शिक्षाको नै अभाव भएका सर्वसाधारणहरुलाई पहिले बैंकबारे बुझाउनु आवश्यक छ । वित्तीय साक्षरता अभिवृद्धि नभएसम्म बैंकिङ प्रविधिका प्रयोगकर्ता बढ्दैनन् । हुन त बैंक खाता खोल्नेको संख्या बढ्दो क्रममा रहेको छ । बैंक तथा वित्तीय संस्थामा खोलिएका निक्षेप खाताको संख्या एक करोड ८० लाख पुगेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ, जुन कुल जनसंख्याको ६०.९ प्रतिशत हो । तर, त्यस अनुपातमा प्रविधिको प्रयोग गर्नेको संख्या बढ्न सकेको पाइँदैन । प्रायः मानिसहरु डिजिटल वालेटको प्रयोग गर्न जान्दैनन् भने जान्नेहरु पनि प्रयोग गर्दैनन् । प्रयोग गरेपनि मोबाइल वा टीभी रिचार्ज गर्नका लागि मात्रै प्रयोग गर्ने गरेको पाइन्छ । प्रयोग नै कम भएपछि यस्ता वालेट सेवाहरुको व्यवसाय बढ्न सकेको छैन ।

मोबाइल बैंकिङबाटै हुन्छ प्रायः काम
मोबाइल वालेटमा पैसा राख्नको लागि पहिला बैंकमा खाता हुनुपर्छ, अनि मोबाइल बैंकिङ पनि । त्यसमाथि, मोबाइल वालेटमा पाइने सुविधाहरु मोबाइल बैंकिङमै पनि पाइन्छन् । मोबाइल बैंकिङबाट पनि रकम ट्रान्सफर गर्न, रिचार्ज गर्न, टिकटहरु काट्न सकिन्छ । मोबाइल बैंकिङ सेवा हरेक बैंकहरुको छ । त्यसकाण पनि मानिसहरु मोबाइल वालेटको प्रयोग खासै गर्दैनन् । खल्ती, ईसेवा, आईएमई पे, प्रभु पे जस्ता थुप्रै वालेट सेवा उपलब्ध छन् । तर, यसबारेमा धेरैलाई त जानकारी नै छैन । यसकारण पनि प्रयोगकर्ता बढ्न सकेका छैनन् ।

इन्टरनेट पहुँचको आवश्यकता

...

Read More