एनसीसी बैंकले ३ अर्बको ऋणपत्र ल्याउने, धितोपत्र बोर्डसँग अनुमति लिंदै


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एनसीसी बैंकले ३ अर्बको ऋणपत्र ल्याउने, धितोपत्र बोर्डसँग अनुमति लिंदै

काठमाडौं : एनसीसी बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १८ लाख इकाई संघसंस्थालाई बिक्री गरिनेछ । यस ऋणपत्रमा वार्षिक १०.५% ब्याजदर पाइनेछ ।
 
बैैंकले १० बर्ष अवधिको एनसीसी ऋणपत्र–२०८६ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट एन्ड बैकिङ लिमिटेडले गर्नेछ । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ । यो ऋणपत्रका लागि बैंकले अहिलेसम्म रेटिङ भने गराएको छैन । 

Read More