सांग्रिलाको नगद लाभांश बैंक खातामा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सांग्रिलाको नगद लाभांश बैंक खातामा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड (SADBL) ले नगद लाभांश शेयरधनीहरूको बैंक खातामा जम्मा गरेको छ। बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएको शेयरधनीहरुको बैंक खातामा पुस २९ गतेदेखि नगद लाभांश जम्मा गर्न थालेको हो।


बैंकले पुस २९ गते सम्पन्न १५ औँ वार्षिक साधारण सभाले पारित गरेको ८.९५९३ प्रतिशत नगद लाभांश कर सहित शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो। लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बैंकले पुस १५ गतेदेखि २९ गतेसम्म बुक क्लोज गरेको थियो। यस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुलाई लाभांश वितरण गरिएको बैंकले जनाएको छ।

हालसम्म लाभांश प्राप्त नगर्ने शेयरधनीहरुलाई आफ्नो शेयर अभौतिकिकरण गराउन तथा आफ्नो हितग्राही खातामा बैंक खाता नं. अध्यावधिक गराउन अनुरोध गरेको छ। बैंकको शेयर रजिष्ट्रार एनआईबिएल क्यापिटल लिमिटेड रहेको छ।

Read More
  • MBL - below news