रा.वा. बैंकले डाक्यो वार्षिक साधारणसभा, पहिलोपटक लाभांश बाँड्दै, सर्वसाधारणलाई कति ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
रा.वा. बैंकले डाक्यो वार्षिक साधारणसभा, पहिलोपटक लाभांश बाँड्दै, सर्वसाधारणलाई कति ?

काठमाण्डौ । पहिलोपटक लाभांश वितरण गर्न लागेको राष्ट्रिय वाणिज्य बैंकले आफ्नो १३ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।

बैंकको हिजो बिहीबार बसेको सञ्चालक समितिको बैठकले साधारणसभा माघ २४ गते शुक्रबार राष्ट्रिय वाणिज्य बैंको दरबारमार्गस्थित बैंकको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ ।

सभामा गत आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तावित चुक्तापुँजीको १२ प्रतिशतका दरले हुन आउने रु १ अर्ब ८ करोड ५ लाख ७५ हजार ४८४ रुपैयाँबराबरको नगद लाभांश अनुमोदन हुनेछ ।

बैंकमा अधिकांश सेयर सरकारको रहेकोले लाभांशबापत सरकारी ढुकुटीमा १ अर्ब ८ करोड रुपैयाँ जानेछ । त्यस्तै राष्ट्रिय वाणिज्य बैंकमा एनआईडीसी विकास बैंक गाभिँदा न्यून ०.०३ प्रतिशत सेयर होल्ड गरेर बसेका सर्वसाधारणले भने करिब ३० लाख रुपैयाँजति लाभांश पाउनेछन् । 

Read More
  • MBL - below news