कुमारी बैंकल Kumari Bank Limited ले देवः विकास बैंक Deva Bikas Bank Limited लाई प्राप्ति गर्ने भएको छ । दुई बैंकबीच मर्जर तथा प्राप्ति सम्बन्धी सम्झौतामा बुधबार साँझ हस्ताक्षर हुँदैछ ।
कुमारीले ८६ को स्वापमा देवलाई प्राप्ति गर्ने प्रारम्भीक सम्झौता भएपनि डिडिए रिपोर्टपछि स्वापमा परिर्वतन हुने सम्भावना समेत रहेको स्रोतले जनाएको छ । सम्झौता पत्र लिएर बिहिबार बिहान दुबै बैंक राष्ट्र बैंकका आउने राष्ट्र बैंक स्रोतले जनाएको छ ।
हाल कुमारी बैंकको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रहेको छ भने देव विकास बैंकको ३ अर्ब १७ करोड रहेको छ। यस पश्चात् बैंकको चुक्ता पूँजी १२ अर्ब ५० करोड भन्दा बढी, निक्षेप १२० अर्ब तथा ऋण लगानी १०५ अर्ब भन्दा अधिक हुने भएको छ । यसैगरी, बैंकको शाखा संजाल २०० भन्दा अधिक हुने भएको छ।




