एनएमबी बैंकको नगद लाभांश आजदेखि सेयरधनीको खातामा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनएमबी बैंकको नगद लाभांश आजदेखि सेयरधनीको खातामा

काठमाण्डौ । गत आर्थिक वर्षको मुनाफाबाट एनएमबी बैंकले वितरण गर्ने भनी पारित गरेको चुक्तापुँजीको १४ प्रतिशत हुन आउने नगद लाभांश आज बिहीबारदेखि सेयरधनीहरुको खातामा पठाउने भएको छ ।

गत पुस २४ गते सम्पन्न २४ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी बैंकले नगद लाभांश सेयरधनीहरुको खातामा पठाउने भएको हो । यसका लागि बैंकले सेयरधनीहरुलाई आफ्ना (अभौतिकीकरण) डिम्याट खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गरेको छ ।

त्यस्तै हालसम्म पनि अभौतिकीकरण (डिम्याट) नगराएका वा हितग्राही खाता खोलेर बैंकको सेयर अभौतिकीकरण नगराएका सेयरधनीहरुले आफूलाई पायक पर्ने निक्षेप सदस्यकोमा हितग्राही खाता खोली आफ्नो सेयर यथाशक्य छिटो अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाताको विवरण अद्यावधि गर्न बैंकले आग्रह गरेको छ ।

नगद लाभांश प्राप्त गर्न बैंक खाता नेपाल क्लियरिङ हाउसबाट आईपीएसको सदस्यता प्राप्त बैंक वा वित्तीय संस्थामा नै हुनुपर्नेछ र सम्बन्धित सेयरधनीकै नाममा (नाबालक भएमा निजकै नाममा) रहेको चल्ती वा बचत खाता हुनुपर्नेछ ।

Read More
  • MBL - below news