कार्डबाट भुक्तानी गर्दा ग्राहकलाई १० प्रतिशत कर कसरी फिर्ता हुन्छ ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कार्डबाट भुक्तानी गर्दा ग्राहकलाई १० प्रतिशत कर कसरी फिर्ता हुन्छ ?

२ माघ, काठमाडौं । उपभोक्ताले मूल्य अभिवृद्धि कर लाग्ने वस्तु तथा सेवा खरिद गर्दा त्यसको भुक्तानी विद्युतीय माध्यमबाट गरेमा १० प्रतिशत भ्याट फिर्ता पाउने नीति कार्यान्वयनमा आएको छ । चालु आर्थिक वर्षको बजेटमा घोषित यो नीति गत २५ पुस २०७६ बाट औपचारिक कार्यान्वयनमा आएको आन्तरिक राजस्व विभागले जानकारी दियो ।

अब, कसरी पाइन्छ त भ्याट फिर्ता ?

  विभागका अनुसार बिक्रेताले कर लाग्ने वस्तु र सेवा आपूर्ति गर्दा विद्युतीय विजक जारी गर्नुपर्ने छ । उपभोक्ताले विद्युतीय भुक्तानीसम्बन्धी उपकरण (विद्युतीय बैंकिङ, भुक्तानी कार्ड, अन्तर बैंक भुक्तानी, ई-मनी र मोबाइल बैंक) बाट खरिद गरेको अवस्थामा कर फिर्ता हुन सक्ने व्यवस्था छ । उपभोक्ताले रकम भुक्तानी गरेपछि बिक्रेताले जारी गर्ने विद्युतीय बिजकमा उपभोक्ताले तिरेको १० प्रतिशतले हुन आउने करको रकम उल्लेख गर्नुपर्ने कार्यप्रक्रियामा उल्लेख छ ।

उपभोक्ताले कर फिर्ता लिन राष्ट्र बैंकबाट मान्यता प्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकमार्फत भुक्तानी सेवा प्रयोग गर्नुपर्छ । नगद तिरेको अवस्थामा भने कर छुट पाइँदैन

उपभोक्ताले बिक्रेताको बैंक खातामा भुक्तानी गरिसकेपछि भुक्तानी भएको कर रकमको १० प्रतिशत स्वचालित रुपमा बिक्रेताको बैंक खाताबाट उपभोक्ताको बैंक खातामा जानु पर्नेछ । उपभोक्ताले विद्युतीय माध्यमबाट भुक्तानी गरेको कर र बिक्रेताले खातामा फिर्ता गरेको रकमको विवरण आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणालीमा स्वचालित रुपमा उपलब्ध हुने छ ।

कर फिर्ताका लागि भुक्तानी हुने कारोबारको न्यूनतम सीमा १ हजार र अधिकतम सीमा १ लाख रुपैयाँ तोकिएको छ । यसरी गरेको कारोबारको हिसाब र विवरण बिक्रेता तथा भुक्तानी प्रणाली सञ्चालकले सुरक्षित राख्नु पर्छ । कारोबार गर्ने निकायले विद्युतीय भुक्तानी हुनेसम्बन्धी जानकारी उपभोक्ताले देख्ने गरी राख्नु पर्ने भएको छ ।

बिक्रेताले के गर्नुपर्छ ?

बिक्रेताले विद्युतीय बीजकसम्बन्धी कार्यविधिअनुसार आन्तरिक राजस्व विभागमा सूचिकृत भएका सफ्टवेयर प्रयोग गरी बिजक जारी गर्नुपर्छ । विद्युतीय भुक्तानीसम्बन्धी उपकरणका माध्यमबाट भुक्तानी प्राप्त गर्ने र फिर्ता गर्ने गरी भुक्तानी प्रणाली सञ्चालक (राष्ट्र बैंकबाट अनुमति पाएका विद्युतीय भुक्तानी सञ्जाल सञ्चालन गर्ने संस्था) वा भुक्तानी सेवा प्रदायक (राष्ट्र बैंकबाट भुक्तानी सेवा दिन अनुमति पाएका संस्था)सँग बिक्रेता आवद्ध भएको हुनुपर्छ ।

.....

Read More