माघ १, टोकियो (जापान) । यस वर्षको पहिलो २ हप्तामा बिट्क्वाइनको भाउ २० प्रतिशतभन्दा धेरैले बढेको छ । यस वर्ष बिट्क्वाइनको शुरुआत सन् २०१२ यताकै राम्रो रह्यो ।
यसलाई धेरैले सन् २०१७ मा कीर्तिमानी उचाईमा पुगेर हवात्तै घटेयता डिजिटल मुद्रा बजारमा लगानीकर्ताको मनोबल फर्किएको रुपमा अथ्र्याएका छन् ।
बुधवार क्वाइन डेस्कमा प्रतिगोटा बिटक्वाइनको भाउ ८ हजार ८७८ डलर ४७ सेन्टको उच्च बिन्दुमा पुगेको थियो ।
यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार साँझ ५ : २६ बजे भने बिट्क्वाइनको भाउ ८ हजार ७६५ डलर ५१ सेन्ट थियो यो अघिल्लो दिनको तुलनामा २ दशमलव ८१ प्रतिशत धेरै हो ।
योसँगै यस वर्षको अहिलेसम्मको अवधिमा बिट्क्वाइनको भाउ करीब २१ प्रतिशतले बढेको छ । इथेरियम, आरएक्सपीलगायत अन्य डिजिटल मुद्राको भाउ पनि बढेको छ ।
सन् २०२० को पहिलो २ हप्तामा यी मुद्राहरुको भाउ २० प्रतिशतभन्दा धेरै बढेका छन् । सन् २०१७ को डिसेम्बरमा बिट्क्वाइनको भाउ करीब २० हजार डलरको कीर्तिमानी उचाईमा पुगेको थियो ।
सन् २०१८ को डिसेम्बरमा भने भाउ ३ हजार डलर भन्दा ठिक माथि आयो । यो बिट्क्वाइनको मूल्यले छुने सबैभन्दा तल्लो तह भएको र सन् २०१९ मा भने भाउ उकालो लाग्ने कयौं विज्ञहरुले बताएका थिए ।
...





