कुमारी बैंकले देवः विकास बैंकलाई अक्वायर गर्ने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कुमारी बैंकले देवः विकास बैंकलाई अक्वायर गर्ने

काठमाण्डौ । देवः विकास बैंकलाई कुमारी बैंक लिमीटेडले प्राप्ति गर्ने भएको छ । 

पछिल्लो समय दुवै बैंकका संचालकहरुबीच चलेको लामो छलफलपछि यस्तो सहमति भएको हो । 

कुमारी बैंकस्थित उच्च स्रोतका अनुसार देव विकाास बैंकलाई १००ः८५ हाराहारीको सेयर स्वाप रेसियोमा अक्वायर गर्ने सहमति बनेको हो । डिडिए गर्ने क्रममा यो स्वापमा केही तलमाथि हुनसक्नेछ।

विगत लामो समयदेखि देवः विकास बैंकलाई प्राप्तिका लागि विभिन्न वाणिज्य बैंकहरुले छलफललाई अगाडि बढाएका थिए । तर, सो क्रममा सेयर स्वापमा सहमति हुन सकेको थिएन । 

कुमारी बैंकसँग भने सहमति भएपछि छिटोमा बुधबार, नभए पनि बिहीबार दुवै संस्थाले प्राप्तिको प्रारम्भिक सहमतिमा हस्ताक्षर गर्न सक्नेछन् । 

हाल कुमारी बैंकको चुक्तापूँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा रहेको देवः विकास बैंकको पूँजी भने २ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । 

सहमतिअनुसार १००ः८५ सेयर स्वापमा देवः गाभिएपछि कुमारी बैंकको चुक्तापूँजी बढेर १२ अर्ब नजिक पुग्नेछ । 

दोश्रो बजारमा कुमारी बैंकको अन्तिम बिक्री मूल्य प्रतिकित्ता १९६ रुपैयाँ रहेको छ भने देवः विकास बैंकको १५५ रुपैयाँ रहेको छ । 

Read More