अर्थमन्त्री डा. युबराज खतिवडाले सेयर कारोबारमा पुँजीगत लाभकर घटाउने संकेत गरेका छन। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को २७ औं वार्षिकोत्सवको कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले लाभकर ५ प्रतिशतबाट घटाउन सरकार तयार भएको बताएका छन। अर्थमन्त्री खतिवडाले बजेटमार्फत पुँजीगत लाभकरमा व्यक्तिगतलाई ७.५ बाट घटाएर ५ प्रतिशत तथा संस्थागतलाई १० नै कायम गरेका थिए।
त्यस्तै अर्थमन्त्री खतिवडाले पुँजीको संरचनात्मक परिवर्तनले बजारलाई सुधारात्मक परिवर्तनमा अझै अगाडी पुर्याउन सक्ने बताउदै सामुहिक लगानी कोष सम्बन्धी नियमावली केहि दिनमा आउने बताए।
त्यस्तै अर्थमन्त्री खतिवडाले कारोबार राफसाफ दुई दिनमा हुने व्यवस्था गर्नलाई नेप्सेलाई निर्देशन दिएका छन। एकै दिनमा कारोबार राफसाफ हुने व्यवस्था हुँदा झनै राम्रो हुने बताउदै उनले हाललाई कम्तिमा दुई दिनमा राफसाफ हुने व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।




