राष्ट्रिय वाणिज्य बैंकद्वारा माइती नेपाललाई सहयोग


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
राष्ट्रिय वाणिज्य बैंकद्वारा माइती नेपाललाई सहयोग

राष्ट्रिय वाणिज्य बैंकले माइती नेपाललाई सहयोग गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शाखा कार्यालय बौद्ध, गौशाला र मैतीदेवीले संयुक्त रूपमा माइती नेपालको संरक्षणमा रहेका महिला तथा बालबालिकाका लागि न्यानो कपडा, गलैँचा र आवश्यक विभिन्न सामग्री सहयोग गरेका हुन् । 

कार्यक्रममा माइती नेपालकी संरक्षक अनुराधा कोइराला, माइती नेपालका अध्यक्ष विश्वराम खड्का, बैंकका ब्रान्च अपरेसन विभागका प्रमुख सरोज बस्नेत, शाखा कार्यालय गौशालाका प्रबन्धक वेदप्रसाद खनाल, शाखा कार्यालय मैतीदेवीका प्रबन्धक कपिल कार्की र शाखा कार्यालय बौद्धका प्रबन्धक सुरेश सापकोटालगायत सहभागी थिए ।

कार्यक्रममा माइती नेपालकी संरक्षक अनुराधा कोइरालाले बैंकले गरेको सहयोगका लागि धन्यवाद दिँदै यस्ता सहयोगी कार्यको सधैँ स्मरण गर्ने बताइन् ।

Read More
  • MBL