सानिमा जनरल इन्स्योरेन्सले आईपीओ निष्काशन प्रस्ताव सहित डाक्यो साधारण सभा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
 सानिमा जनरल इन्स्योरेन्सले आईपीओ निष्काशन प्रस्ताव सहित डाक्यो साधारण सभा

सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित माघ २४ गते साधारण सभा आह्वान गरेको छ। इन्स्योरेन्सको साधारण सभा होटल एलो पेगोडा, कान्तिपथमा बिहान साढे ११ बजे शुरु हुनेछ।

पुस २२ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको ७३ औँ बैठकले सो दिन दोस्रो साधारण सभा गर्ने निर्णय गरेको हो।

सभाले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन गर्ने र सोसम्बन्धी कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, सभाले स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने र लेखापरीक्षक नियुक्त गर्न प्रस्ताव पनि पारित गर्नेछ।

Read More
  • MBL - below news