नियमनको कडाइले आम्दानीमा चुनौती भएको छ


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नियमनको कडाइले आम्दानीमा चुनौती भएको छ

दुई संस्थाबीचको मर्जरको सफल उदाहरण लुम्बिनी विकास बैंक एक हो । विसं २०७४ मा भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्स मर्ज भएर लुम्बिनी विकास बैंक बनेको थियो । मर्जरपछिको साढे २ वर्षमा उक्त कम्पनीको वित्तीय सूचकांकमा कायापलट गर्न सफल भएको बैंकको दाबी छ । यससँगै अबको साधारणसभाले लगानीकर्तालाई २० प्रतिशत लाभांश प्रस्ताव गर्दै छ । प्रस्तुत छ, आफ्ना लगानी, शाखा विस्तार, कर्जा, निक्षेप लगायतमा सुधार गरेको उक्त बैंकको अबको योजना लगायत समसामयिक विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरासँग आर्थिक अभियानकी ममता थापाले गरेको कुराकानी : 

दुई संस्थाबीच मर्जपछिको सफल भएको दाबीका आधार के के हुन् ? 
उक्त संस्थाबीचको मर्जपछि ट्रान्जिशनल पिरियड थियो । यसपछि अहिले भने मर्जको सकारात्मक प्रभाव देखिन थालेको छ ।  २०७४ सालमा ३ दशमलव ७९ प्रतिशत (रू. ४९ करोड ९० लाख)मा रहेको खराब कर्जा (एनपीएल) २०७६ पुस १५ गतेसम्म १ दशमलव ६४ प्रतिशत (३७ करोड ३४ लाख)मा झारिएको छ । यो बैंकको लगानी समेत सो अवधिमा ७५ दशमलव ७२ प्रतिशत वृद्धि भएको छ । २०७४ सालमा १ अर्ब २७ करोड रुपैयाँ लगानी भएकोमा हाल २ अर्ब १७ करोड पुगेको छ । यसैगरी सोही अवधिमा निक्षेप र कर्जामा समेत सुधार गरियो । २०७४ मा १३ अर्ब १३ करोड रहेको कर्जा प्रवाह बढाएर २२ अर्ब ७७ करोड पुर्‍याइएको छ । यस्तै निक्षेप संकलन १७ अर्ब ९० करोड रुपैयाँबाट बढाएर २६ अर्ब ९१ करोड रुपैयाँ पुर्‍याएका छौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले गत आवको तुलनामा ३ प्रतिशत नाफा बढाएर रू. ११ करोड ९९ लाख कमाएको छ । 

यो बैंकको चुक्तापूँजी रू. २ अर्ब ५८ करोड पुगेको छ । चुक्तापूँजी पुर्‍याएका बैंकहरू भए पनि संख्या घटाउन केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत प्रोत्साहन समेत दिएको छ । अधिकांश  बैंकहरू मर्ज तथा प्राप्ति भइसके । केही प्रक्रियामा छन् । ठूला बैंकसँग कसरी प्रतिस्पर्धा गर्ने सोच बनाउनु भएको छ ?
ठूला बैंकसँग प्रतिस्पर्धा भनेर हुँदैन । ठूला बैंक बराबर नै काम गरिरहेका छौं । शाखा सञ्जालमा उनीहरू हामीभन्दा ठूला हुन् । ठूला बैंकभन्दा पनि हामी सानो, तर चिटिक्क भएर छिटो छरितो सेवा प्रदान गर्दै प्रतिस्पर्धा गरिरहेकै छौं । ठूला बैंकले क्षमता अनुसार ठूलै कर्जा प्रवाह गर्न सक्छन् भने विकास बैंकले कम दिन्छन् । हामीले सेवाग्राहीलाई सक्दो सेवा दिएका छौं । विकास बैंकमध्ये कर्मचारीको क्रियाकलाप अब्बल छ ।

अब फेरि मर्जमा जाने वा अन्य बैंक तथा वित्तीय संस्थालाई प्राप्ति गर्ने योजना छ कि छैन ?
मर्जका लागि हामी खुला छौं । नेपाल राष्ट्र बैकको नीति अनुसार अघि बढ्न तयार छौं । बैंकमा मर्जर समिति बनाइएको छ । यसले केही वाणिज्य बैंक, राष्ट्रिय तथा प्रादेशिक स्तरका विकास बैंकसँग सामान्य छलफल भएको थियो । तर सम्झौता भने कसैसँग पनि गरिएको छैन । सानो संस्था पाए प्राप्ति गरेर व्यवसाय बढाउन सक्छौं । तर ठूलो संस्थाको चक्करमा लाग्दैनौं । यद्यपि उपयुक्त ठूला संस्थाको ‘अफर’ आयो तथा भविष्यमा शेयरधनीको लगानी सुरक्षित र प्रतिफल निश्चित हुने देखिए मर्जरमा जान पनि सकिन्छ । तर मर्जरमा जानैपर्छ भनेर बाध्यकारी पक्षमा छैनौं । 

पुस २९ गते हुने १२औं साधारणसभामा ५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरि“दै छ । लगानीकर्तालाई थप लाभ दिन आगामी दिनमा कसरी अघि बढ्ने योजना छ ?
हामीले यसपटक २० प्रतिशत लाभांश वितरण गर्नेछौं । अन्य विकास समितिको तुलनामा हामीले वितरण गरेको लाभांश अब्बल हो । बैंकको चालू आर्थिक वर्षको लक्ष्य अनुसार २८ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह र ३० अर्ब रुपैयाँ बराबरको निक्षेप पुर्‍याउनेछौं । तोकिएको बजेटभन्दा बढी नाफा कमाउने प्रयास गर्छौं । उक्त लाभांश घट्न नदिने तथा निरन्तर सोही प्रतिफल दिन नाफा कमाउनेतर्फ उन्मुख भएका छौं । 

अहिले राष्ट्र बैंकको निर्देशनले आम्दानीमा केही चुनौती देखिएको छ । राष्ट्रिय ब्याजदर कायम गर्नुपर्ने, साना कर्जामा सेवा शुल्क लिन नपाइने, ब्याजदरमा कडाइ अर्थात् आधार दरमा २ प्रतिशतमात्र थप्न पाइने र आधार दरको गणना विधि परिवर्तन गर्नुपर्ने जस्ता व्यवस्थाले आम्दानीमा केही असर पर्ने देखिन्छ । यस्तै बजारमा अहिले कर्जाको माग घटिरहेको छ । यसले गर्दा हिजोको भन्दा आम्दानी केही घट्न सक्ने संकेत देखिएको छ ।  

कर्जाको माग घट्नुको कारण पछिल्लो समय राष्ट्र बैंकले व्यक्तिगत आवधिक तथा हायर पर्चेज कर्जामा गरेको कडाइ हो त ? 

...

Read More
  • MBL - below news