काठमाडौं : सेयर खरिदबिक्रीमा नयाँ माहोल सिर्जना भएको छ । दोहोरो अंकले बढ्दो क्रममा रहेको नेप्से सूचकलाई अत्याधिक मात्रामा कारोबार रकमले साथ दिंदै गएको छ । खरिदबिक्री रकमले दिनहुँ नयाँ उचाई लिंदै गएपछि बजार बलियो बन्दै गएको विश्लेषण हुन थालेको छ । यसले बजारमा पर्याप्त मात्रमा क्रेता र बिक्रेता रहेको देखाउँछ । कारोबार रकम दिनहुँ बढ्दै गएको छ । नेप्से सूचकले पनि उचाई लिएको छ । नयाँ र पुराना दुवै थरीका लगानीकर्ता सक्रिय भएको देखाउँछ ।





